विज्ञप्ति
सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा 93 को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति 20८१/५/३० को सिफारिसमा संघीय संसदको दुवै सदनको चालु अधिवेशन सम्वत् २०८१ साल भदौ ३१ गते सोमबार राती १२:०० बजेदेखि अन्त्य गर्नुभएको छ।
२०८१ साल भदौ ३१ गते सोमबार।
ने.सं. ११४४ ञलाथ्व १३ सोमबार।
(शैलजा रेग्मी भट्टराई)
प्रवक्ता