विज्ञप्ति
सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८३/०६/१३ को सिफारिसमा संवत् २०८३ साल असोज १६ गते शुक्रबार राती १२:०० बजेदेखि लागू हुने गरी संघीय संसदको दुवै सदनको चालु अधिवेशन अन्त्य गर्नुभएको छ ।
२०८३ साल असोज १५ गते बिहीबार।
ने.सं. ११४६ ञलागा: पञ्चमी।
(कृष्ण बहादुर शाही)
प्रवक्ता


