विज्ञप्ति
सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२/०५/३० को सिफारिसमा राष्ट्रिय सभाको चालु अधिवेशन संवत् २०८२ साल भदौ ३१ गते मङ्गलबार राती १२:०० बजेदेखि अन्त्य गर्नुभएको छ।
२०८२ साल भदौ ३१ गते मङ्गलबार।
ने.सं. ११४५ ञलागा दशमी।
(प्रदीप कुमार कोइराला)
प्रवक्ता



