संघीय संसदको दुवै सदनको अधिवेशन आह्‍वान

विज्ञप्‍ति

सम्माननीय राष्‍ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८३/०१/०८ को सिफारिसमा संवत् २०८३ साल वैशाख १७ गते बिहीबारका दिन १४:०० बजे संघीय संसद भवन, सिंहदरबारमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्‍वान गर्नुभएको छ ।

२०८३ साल वैशाख ९ गते बुधबार ।

ने.सं. ११४६ वछलाथ्व: पञ्चमी ।

(रितेशकुमार शाक्य)

प्रवक्ता