शिष्टाचार विदाई भेट

विज्ञप्‍ति

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष नेपालका लागि गणतन्त्र इजिप्टका राजदूत H.E. Ms. Noha Hamdy Ahmed ElGebaly ले राष्ट्रपति भवनमा शिष्टाचार विदाई भेट गर्नुभयो। सो अवसरमा नेपाल र गणतन्त्र इजिप्टबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भयो।

साथै, सम्माननीय राष्ट्रपतिज्यूले राजदूत H.E. Ms. Noha Hamdy Ahmed ElGebaly लाई आफ्नो कार्यकाल सफलता पूर्वक सम्पन्न गर्नुभएकोमा धन्यवाद समेत व्यक्त गर्नुभयो।

२०८२ साल जेठ २५ गते आइतबार।

ने.सं. ११४५ तछलाथ्व द्वादशी।

(शैलजा रेग्मी भट्टराई)

प्रवक्ता