विज्ञप्ति
सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष नेपालका लागि नर्वेका राजदूत H.E. Ms. Torun Dramdal ले राष्ट्रपति भवनमा शिष्टाचार विदाई भेट गर्नुभयो। सो अवसरमा नेपाल र नर्वेबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भयो।
साथै, सम्माननीय राष्ट्रपतिज्यूले राजदूत H.E. Ms. Torun Dramdal लाई आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गर्नुभएकोमा धन्यवाद समेत व्यक्त गर्नुभयो।
२०८२ साल साउन १२ गते सोमबार।
ने.सं. ११४५ गुंलाथ्व चतुर्थी।
(शैलजा रेग्मी भट्टराई)
प्रवक्ता



