विज्ञप्ति
सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूसमक्ष नेपालका लागि भारतीय राजदूत महामहिम श्री नवीन श्रीवास्तवले राष्ट्रपतिको कार्यालयमा शिष्टाचार बिदाई भेट गर्नुभयो। उक्त अवसरमा नेपाल र भारतबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भयो। साथै, सम्माननीय राष्ट्रपतिज्यूले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गर्नु भएकोमा भारतीय राजदूतलाई बधाईसमेत दिनुभयो।
२०८३ साल असोज १३ गते मङ्गलबार।
ने.सं. ११४६ ञलागा: तृतीया।
(कृष्ण बहादुर शाही)
प्रवक्ता


