शिष्‍टाचार बिदाई भेट

विज्ञप्‍ति

सम्माननीय राष्‍ट्रपति श्री रामचन्द्र पौडेलज्यूसमक्ष नेपालका लागि गणतन्त्र कोरियाका राजदूत H.E. Mr. Park Taeyoung ले राष्‍ट्रपति भवनमा शिष्‍टाचार बिदाई भेट गर्नुभयो। उक्त अवसरमा नेपाल र गणतन्त्र कोरियाबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भयो। साथै, सम्माननीय राष्‍ट्रपतिज्यूले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्‍न गर्नु भएकोमा गणतन्त्र कोरियाका राजदूतलाई बधाईसमेत दिनुभयो।

२०८३ साल साउन २१ गते बिहीबार।

ने.सं. ११४६ दिल्लागा: अष्‍टमी।

(रितेशकुमार शाक्य)

प्रवक्ता