शिष्‍टाचार बिदाई भेट

विज्ञप्‍ति

सम्माननीय राष्‍ट्रपति श्री रामचन्द्र पौडेलज्यूसमक्ष नेपालका लागि फ्रान्सका राजदूत H.E. Ms. Virginie Corteval ले राष्‍ट्रपति भवनमा शिष्‍टाचार बिदाई भेट गर्नुभयो। उक्त अवसरमा नेपाल र फ्रान्सबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भयो। साथै, सम्माननीय राष्‍ट्रपतिज्यूले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्‍न गर्नु भएकोमा फ्रान्सका राजदूतलाई बधाईसमेत दिनुभयो।

२०८३ साल असार ३२ गते बिहीबार।

ने.सं. ११४६ दिल्लाथ्व: द्वितीया।

(रितेशकुमार शाक्य)

प्रवक्ता