विधेयक प्रमाणीकरण

विज्ञप्‍ति

सम्माननीय राष्‍ट्रपति श्री रामचन्द्र पौडेलज्यूले संघीय संसदको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको देहाय बमोजिमको विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ:

क्र.सं. विधेयकको नाम प्रमाणीकरण मिति
१. नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३ २०८३/०५/३१

२०८३ साल भदौ ३१ गते बुधबार।

ने.सं. ११४६ ञलाथ्व: पञ्‍चमी।

(रितेशकुमार शाक्य)

प्रवक्ता