विधेयक प्रमाणीकरण

विज्ञप्‍ति

सम्माननीय राष्‍ट्रपति श्री रामचन्द्र पौडेलज्यूले संघीय संसदको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको देहाय बमोजिमको विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ:

क्र.सं. विधेयकको नाम प्रमाणीकरण मिति
१. सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३ २०८३/०३/२५
२. सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ २०८३/०३/२५
३. सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ २०८३/०३/२५
४. स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३ २०८३/०३/२५

२०८३ साल असार २५ गते बिहीबार।

ने.सं. ११४६ तछलागा: दशमी ।

(रितेशकुमार शाक्य)

प्रवक्ता