विधेयक प्रमाणीकरण

विज्ञप्‍ति

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको देहाय बमोजिमको विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ:

क्र.सं. विधेयकको नाम प्रमाणीकरण मिति
१. नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०८२/०६/०५

२०८२ साल असोज ५ गते आइतबार।

ने.सं. ११४५ ञलागा औँसी।

(प्रदीप कुमार कोइराला)

प्रवक्ता