विज्ञप्ति
सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको देहाय बमोजिमको विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ:
| क्र.सं. | विधेयकको नाम | प्रमाणीकरण मिति |
| १. | आर्थिक वर्ष २०८२/८३ को सेवा र कार्यको लागि संघीय सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक | २०८२/३/३० |
| २. | नेपाल सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक | २०८२/३/३० |
| ३. | राष्ट्र ऋण उठाउने अधिकारको व्यवस्था गर्न बनेको विधेयक | २०८२/३/३० |
२०८२ साल असार ३० गते सोमबार।
ने.सं. ११४५ दिल्लागा चतुर्थी।
(शैलजा रेग्मी भट्टराई)
प्रवक्ता



