विज्ञप्ति
सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको देहाय बमोजिमको विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ:
क्र.सं. | विधेयकको नाम | प्रमाणीकरण मिति |
१. | शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक | २०८२/३/४ |
२०८२ साल असार ४ गते बुधबार।
ने.सं. ११४५ तछलागा सप्तमी।
(शैलजा रेग्मी भट्टराई)
प्रवक्ता