विज्ञप्ति
सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको देहाय बमोजिमको विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ:
क्र.सं. | विधेयकको नाम | प्रमाणीकरण मिति |
१. | खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी कानूनलाई संसोधन र एकीकरण गर्न बनेको विधेयक | २०८१/१/२३ |
२०८१ साल वैशाख २३ गते आइतबार ।
(शैलजा रेग्मी भट्टराई)
प्रवक्ता