वसन्त श्रवण समारोह, २०८२

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले यस वर्षको श्रीपञ्चमी (वसन्त पञ्चमी) को अवसरमा शुक्रबार बिहान हनुमानढोका दरबारस्थित नासलचोकमा आयोजित विशेष समारोहमा वसन्त श्रवण गर्नुभयो । सो अवसरमा हनुमानढोका हेरचाह अडडाका मूल पुरोहितले सम्माननीय राष्ट्रपतिजयूलाई अभिषेक, टिका, माला र फूलप्रसाद प्रदान गर्नुभयो ।

उक्त अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले विद्याकी देवी सरस्वतीको पूजा आराधना गर्नुभएको थियो भने नेपाली सेनाको एक टुकडीले उहाँको सम्मानमा सलामी अर्पण गरेको थियो ।

सो समारोहमा प्रथम महिला सबिता पौडेलज्यू, सम्माननीय उपराष्ट्रपति रामसहायप्रसाद यादवज्यू, सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीज्यू, राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष नारायण दाहालज्यू, माननीय मन्त्रीहरू, संवैधानिक निकायका प्रमुखसहित विशिष्ट महानुभावहरूको उपस्थिति थियो ।