विज्ञप्ति
सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष राष्ट्रपतिको कार्यालयमा आयोजित कार्यक्रममा नेपालको संविधानको धारा २९४ बमोजिम लोक सेवा आयोगका माननीय कार्यवाहक अध्यक्ष श्री माधव बेल्बासेले आयोगको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेश गर्नु भयो ।
२०८३ साल भदौ २५ गते बिहीबार।
ने.सं. ११४६ गुँलागा: चतुर्दशी।
(रितेशकुमार शाक्य)
प्रवक्ता


