विज्ञप्ति
सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूसमक्ष सम्माननीय प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष श्री सुशीला कार्कीज्यूले राष्ट्रपति भवनमा आयोजित एक समारोहमा नेपालको संविधानको धारा २६६ उपधारा (३) बमोजिम राष्ट्रिय सुरक्षा परिषद्को आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन पेश गर्नु भयो।
२०८२ साल मङ्सिर २८ गते आइतबार।
ने.सं. ११४६ थिंल्लागा, दशमी।
(प्रदीप कुमार कोइराला)
प्रवक्ता



