विज्ञप्ति
सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा १०६ को उपधारा (१) बमोजिम राष्ट्रिय सभाको अध्यक्षको सिफारिसमा श्री तुल बहादुर कंडेल, काभ्रेपलाञ्चोकलाई सम्वत् २०८२/०८/०२ गतेदेखि लागु हुने गरी राष्ट्रिय सभाको सचिवमा नियुक्त गर्नु भएको छ।
२०८२ साल मङ्सिर २ गते मङ्गलबार।
ने.सं. ११४६ कछलागा, त्रयोदशी।
(ईश्वरीप्रसाद पाण्डे)
सहायक प्रवक्ता



