राष्‍ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेश

विज्ञप्‍ति

सम्माननीय राष्‍ट्रपति श्री रामचन्द्र पौडेलज्यूसमक्ष राष्‍ट्रिय मानव अधिकार आयोगका माननीय अध्यक्ष श्री तप बहादुर मगरज्यूले राष्‍ट्रपति भवनमा आयोजित एक समारोहमा नेपालको संविधानको धारा २९४ बमोजिम राष्‍ट्रिय मानव अधिकार आयोगको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन पेश गर्नु भयो।

२०८२ साल मङ्‌सिर २१ गते आइतबार।

ने.सं. ११४६ थिंल्लागा, तृतीया।

(प्रदीप कुमार कोइराला)

प्रवक्ता