विज्ञप्ति
सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष राष्ट्रिय दलित आयोगका माननीय अध्यक्ष श्री देवराज विश्वकर्माज्यूले नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम आर्थिक वर्ष २०८०/०८१ को आयोगको वार्षिक प्रतिवेदन पेश गर्नु भयो।
२०८१ साल असोज ९ गते बुधबार।
ने.सं. ११४४ ञलागा ८ बुधबार।
(शैलजा रेग्मी भट्टराई)
प्रवक्ता