राष्ट्रियसभाको उपाध्यक्ष पदको पद तथा गोपनीयताको शपथ

विज्ञप्‍ति

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूको उपस्थितिमा राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष श्री नारायण प्रसाद दाहालज्यू समक्ष राष्ट्रिय सभा नियमावली, २०७५ को नियम २१७क. बमोजिम राष्ट्रिय सभाका नवनिर्वाचित माननीय उपाध्यक्ष श्री लिला कुमारी भण्डारीज्यूले राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा राष्ट्रियसभाको उपाध्यक्ष पदको पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

२०८२ साल चैत २४ गते मङ्गलबार ।

ने.सं. ११४६ चौलागा पञ्‍चमी ।

(रितेशकुमार शाक्य)

प्रवक्ता