विज्ञप्ति
सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूको समुपस्थितिमा राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष श्री नारायण प्रसाद दाहालज्यू समक्ष राष्ट्रिय सभा नियमावली, २०७५ को नियम २१७क. को अनुसूची २ बमोजिम राष्ट्रिय सभाका नवनिर्वाचित माननीय उपाध्यक्ष श्री विमला घिमिरेज्यूले राष्ट्रपतिको कार्यालय, महाराजगञ्जमा आयोजित एक समारोहका बीच राष्ट्रियसभाको उपाध्यक्ष पदको पद तथा गोपनीयताको शपथ लिनुभएको छ।
२०८० साल चैत २८ गते बुधबार ।
(शैलजा रेग्मी भट्टराई)
प्रवक्ता