राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम

परिचय

सार्वजनिक शैक्षिक संस्थाको भौतिक संरचना विकास, सिकाइ वातावरण सुधार र गुणस्तरीय शिक्षा सुनिश्चित गर्न योगदान गरी सार्वजनिक शैक्षिक संस्थालाई विद्यार्थीको सिकाइका लागि रोजाइको केन्द्र बनाउने उद्देश्यले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम नेपाल सरकार मन्त्रिपरिषद्ले कार्यविधि बनाई कार्यान्वयनमा ल्याएकोछ ।

उद्देश्यहरू

सार्वजनिक शैक्षिक संस्थाहरूको

  1. नेपाल सरकारले शिक्षा क्षेत्रमा फ्ल्यागसिप (Flagship) कार्यक्रमका रूपमा अगाडि सारेका कार्यक्रमहरूलाई प्रभावकारी बनाउन योगदान पुर्‍याउने,
  2. सार्वजनिक शिक्षाको गुणस्तर अभिवृद्धि गर्न कार्यक्रम संचालन गर्ने ।
  3. नियमित कार्यक्रमबाट सम्बोधन गर्न नसकिएका सामुदायिक विद्यालयमा सिकाइ सुविधा विस्तार गर्न भौतिक पूर्वाधार विकास गर्ने ।
  4. शैक्षिक अभियानमूलक कार्यक्रम संचालन गर्ने ।

कार्यक्रम कार्यान्वयनका प्रमुख क्षेत्रहरू :

  1. सार्वजनिक शैक्षिक संस्थाको भौतिक पूर्वाधार विकास र पुनर्संरचना,
  2. विद्यार्थीको सिकाइ उपलब्धीस्तर अभिवृद्धि,
  3. गुणस्तरीय शिक्षाका लागि नवीन प्रविधि, नवप्रवर्तन तथा सिकाइ सामग्री व्यवस्थापन,
  4. प्राविधिक तथा व्यावसायिक शिक्षामा पहुँच अभिवृद्धि, र
  5. सामुदायिक विद्यालयहरूमा खेल सामग्री व्यवस्थापन ।

कार्यक्रम कार्यान्वयन विधि:

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७६ मा उल्लेखित विधि र प्रकृया अवलम्वन गरी कार्यान्वयन गरिने ।

थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।