राजिनामा स्वीकृत

विज्ञप्‍ति

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष राष्‍ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सदस्य श्री अमर राज मिश्रले नेपालको संविधानको धारा २५० को उपधारा (४) को (क) बमोजिम राष्‍ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सदस्य पदबाट मिति २०८२ साउन १ गते दिनुभएको राजिनामा सोही मिति देखि लागु हुनेगरी सम्माननीय राष्ट्रपतिज्यूले स्वीकृत गर्नुभएको छ।

२०८२ साल साउन ४ गते आइतबार।

ने.सं. ११४५ दिल्लागा दशमी।

(शैलजा रेग्मी भट्टराई)

प्रवक्ता