विज्ञप्ति
सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूसमक्ष यू.ए.ई. सरकारका Minister of Foreign Trade, H.E. Dr. Thani Ahmed Al Zeyoudi को नेतृत्वको प्रतिनिधिमण्डलले राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्नुभयो। सो अवसरमा नेपाल र संयुक्त अरब इमिरेट्सबीच रहीआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भयो।
२०८३ साल असार २६ गते शुक्रबार।
ने.सं. ११४६ तछलागा: एकादशी।
(रितेशकुमार शाक्य)
प्रवक्ता


