मौजुदा मन्त्रिपरिषद्‌मा नियुक्ति, हेरफेर र कार्यविभाजन तथा शपथ

विज्ञप्‍ति

सम्माननीय राष्‍ट्रपति श्री रामचन्द्र पौडेलज्यूले सम्माननीय प्रधानमन्त्री श्री सुशीला कार्कीज्यूको सिफारिसमा संवत् २०८२ भदौ २७ गते गठित मौजुदा मन्त्रिपरिषद्‌मा नेपालको संविधान बमोजिम देहाय अनुसारको नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन गर्नु भएको छ।

क्र.सं. नाम, थर पद कार्यविभाजन
१. श्री सुशीला कार्की प्रधानमन्त्री उद्योग, वाणिज्य तथा आपूर्ति; कृषि तथा पशुपन्छी विकास; खानेपानी; परराष्ट्र; भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण; महिला, बालबालिका तथा ज्येष्ठ नागरिक; युवा तथा खेलकुद; रक्षा; वन तथा वातावरण; शिक्षा, विज्ञान तथा प्रविधि; श्रम, रोजगार तथा सामाजिक सुरक्षा; संस्कृति, पर्यटन तथा नागरिक उड्डयन;  सङ्घीय मामिला तथा सामान्य प्रशासन; सञ्चार तथा सूचना प्रविधि र स्वास्थ्य तथा जनसङ्ख्या।
२. श्री रामेश्वर प्रसाद खनाल मन्त्री अर्थ
३. श्री कुलमान घिसिङ मन्त्री ऊर्जा, जलस्रोत तथा सिंचाइ; भौतिक पूर्वाधार तथा यातायात; सहरी विकास
४. श्री ओम प्रकाश अर्याल मन्त्री गृह; कानून, न्याय तथा संसदीय मामिला

साथै, आज राष्‍ट्रपतिको कार्यालयमा आयोजित विशेष समारोहमा सम्माननीय राष्‍ट्रपति श्री रामचन्द्र पौडेलज्यूसमक्ष नवनियुक्त माननीय मन्त्रीज्यूहरूले नेपालको संविधानको धारा ८० बमोजिम मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिनु भएको छ ।

२०८२ साल भदौ ३० गते सोमबार।

ने.सं. ११४५ ञलागा अष्‍टमी।

(प्रदीप कुमार कोइराला)

प्रवक्ता