महान्यायाधिवक्ता पदमा नियुक्त

विज्ञप्‍ति

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम सम्माननीय प्रधानमन्त्रीको सिफारिसमा अधिवक्ता डा. नारायण दत्त कडेल, बागलुङलाई नेपालको महान्यायाधिवक्ता पदमा नियुक्त गर्नुभएको छ ।

२०८२ साल चैत २२ गते आइतबार ।

ने.सं. ११४६ चौलागा तृतीया ।

(रितेशकुमार शाक्य)

प्रवक्ता