विज्ञप्ति
सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले सम्माननीय प्रधानमन्त्री श्री वालेन्द्र शाहज्यूको नेतृत्वमा संवत् २०८२ साल चैत्र १३ गते गठित मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधान बमोजिम माननीय दीपक कुमार साह, सुनसरीलाई मन्त्री पदमा नियुक्त गरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यभार सम्हाल्ने गरी सम्माननीय प्रधानमन्त्रीज्यूको मिति २०८३/०५/२५ गतेको सिफारिस बमोजिम तोक्नु भएको छ ।
आजै राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा सम्माननीय राष्ट्रपतिज्यू समक्ष नवनियुक्त माननीय मन्त्री श्री दीपक कुमार साहले नेपालको संविधानको धारा ८० बमोजिम मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिनु भयो ।
२०८३ साल भदौ २५ गते बिहीबार ।
ने.सं. ११४६ गुँलागा: चतुर्दशी ।
(रितेशकुमार शाक्य)
प्रवक्ता


