मन्त्री पदको पद तथा गोपनीयताको शपथ

विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले संवत् २०७९ साल पुस ११ गते गठित मौजुदा मन्त्रिपरिषद्‌मा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा श्री प्रदिप यादवज्यूलाई मन्त्री र श्री हसिना खानज्यूलाई राज्यमन्त्री पदमा नियुक्ति गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कार्यभार तोक्नु भएको छ।

आजै राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष नवनियुक्त माननीय मन्त्री  श्री प्रदिप यादवज्यूले नेपालको संविधानको धारा ८० बमोजिम मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिनु भयो। साथै, सम्माननीय राष्ट्रपतिको समुपस्थितिमा सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष नवनियुक्त माननीय राज्यमन्त्री श्री हसीना खानज्यूले नेपालको संविधानको धारा ८० बमोजिम राज्यमन्त्री पदको पद तथा गोपनीयताको शपथ लिनु भयो ।

२०८१ साल वैशाख ३१ गते सोमबार ।

(शैलजा रेग्मी भट्टराई)

प्रवक्ता

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष नवनियुक्त माननीय मन्त्री  श्री प्रदिप यादवज्यूले नेपालको संविधानको धारा ८० बमोजिम मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिनु हुँदै । सम्माननीय राष्ट्रपतिको समुपस्थितिमा सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष नवनियुक्त माननीय राज्यमन्त्री श्री हसीना खानज्यूले नेपालको संविधानको धारा ८० बमोजिम राज्यमन्त्री पदको पद तथा गोपनीयताको शपथ लिनु हुँदै ।