मन्त्रीको पद तथा गोपनीयताको शपथ

विज्ञप्‍ति

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूसमक्ष नवनियुक्त माननीय सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री श्री भगवती न्यौपानेज्यूले राष्‍ट्रपति भवनमा आयोजित विशेष समारोहमा नेपालको संविधानको धारा ८० बमोजिम मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिनु भएको छ ।

२०८२ साल असार ३२ गते बुधबार।

ने.सं. ११४५ दिल्लागा षष्‍ठी।

(शैलजा रेग्मी भट्टराई)

प्रवक्ता