विज्ञप्ति
सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले प्रधानमन्त्री श्री सुशीला कार्कीज्यूको सिफारिसमा संवत् २०८२ भदौ २७ गते गठित मौजुदा मन्त्रिपरिषद्मा प्रधानमन्त्रीज्यूले सम्हाली आउनुभएको खानेपानी मन्त्रालयको कार्यभार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री श्री राजेन्द्रसिंह भण्डारीले सम्हाल्ने गरी तोक्नु भएको छ।
२०८२ साल पुस ४ गते शुक्रबार।
ने.सं. ११४६ थिंल्लागा, औँसी।
(प्रदीप कुमार कोइराला)
प्रवक्ता



