विज्ञप्ति
सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले सम्माननीय प्रधानमन्त्री श्री सुशीला कार्कीज्यूको सिफारिसमा मौजुदा मन्त्रिपरिषद्का शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री श्री महावीर पुन; सञ्चार तथा सूचना प्रविधि मन्त्री श्री जगदीश खरेल र युवा तथा खेलकुद मन्त्री श्री बब्लु गुप्ताले नेपालको संविधान बमोजिम प्रधानमन्त्री समक्ष राजीनामा दिनुभएको हुँदा निजहरूले सम्हाली आउनुभएको मन्त्रालयहरूको कार्यभार समेत प्रधानमन्त्री स्वयम्ले सम्हाल्ने गरी तोक्नुभयो।
२०८२ साल माघ ६ गते मङ्गलबार।
ने.सं. ११४६ सिल्लाथ्व, द्वितीया।
(रितेशकुमार शाक्य)
प्रवक्ता


