विज्ञप्ति
सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले सम्माननीय प्रधानमन्त्री श्री सुशीला कार्कीज्यूको सिफारिसमा मौजुदा मन्त्रिपरिषद्का ऊर्जा, जलस्रोत तथा सिंचाइ; भौतिक पूर्वाधार तथा यातायात; सहरी विकास मन्त्री श्री कुलमान घिसिङले नेपालको संविधान बमोजिम प्रधानमन्त्री समक्ष राजीनामा दिनुभएको हुँदा निजले सम्हाल्दै आउनुभएको ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको कार्यभार समेत उद्योग, वाणिज्य तथा आपूर्ति; कानून, न्याय तथा संसदीय मामिला एवम् संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री श्री अनिलकुमार सिन्हाले; भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको कार्यभार समेत वन तथा वातावरण मन्त्री श्री माधवप्रसाद चौलागाईले र सहरी विकास मन्त्रालयको कार्यभार समेत भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री श्री कुमार इङ्नामले सम्हाल्ने गरी तोक्नुभयो।
२०८२ साल पुस २४ गते बिहीबार।
ने.सं. ११४६ पोहेलागा, पञ्चमी।
(रितेशकुमार शाक्य)
प्रवक्ता



