विज्ञप्ति
सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष मधेशी आयोगका माननीय सदस्य श्री विजय कुमार गुप्ताज्यूले मधेशी आयोग ऐन, २०७४ को दफा (४) को खण्ड (क) बमोजिम मिति २०८२/०५/२९ गतेदेखि लागू हुने गरी आफ्नो पदबाट दिनुभएको लिखित राजीनामा सम्माननीय राष्ट्रपतिज्यूले स्वीकृत गर्नु भएको छ।
२०८२ साल भदौ ३० गते सोमबार।
ने.सं. ११४५ ञलागा अष्टमी।
(प्रदीप कुमार कोइराला)
प्रवक्ता


