भीषण बाढीबाट प्रभावित रसुवा र नुवाकोट जिल्लाको अवलोकन

विज्ञप्‍ति

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले मिति २०८३ भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित रसुवा र नुवाकोट जिल्लाको विभिन्न क्षेत्रको आज अवलोकन गर्नुभएको छ।

सो अवसरमा उहाँले उक्त क्षेत्रमा खोज, उद्धार, राहत वितरण र पुनर्स्थापनाका सम्बन्धमा जानकारी लिनुहुँदै बाढी प्रभावित र पीडितहरूसँग भेटघाट गरी उहाँहरूको गुनासो सुन्नुभयो। साथै, नुवाकोटस्थित बाढी प्रभावित व्यक्तिहरू रहेको होल्डिङ सेन्टरकोसमेत अवलोकन गर्नुभयो।

२०८३ साल भदौ २२ गते सोमबार।

ने.सं. ११४६ गुँलागा: एकादशी।

(रितेशकुमार शाक्य)

प्रवक्ता