विज्ञप्ति
सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष हाल नेपाल भ्रमणमा रहनुभएका बेलायती सेनाका Colonel Commandant Brigade of Gurkhas Major General Gerald M. Strickland तथा Colonel David J. Robinson लगायतको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गर्नुभयो। नेपालका लागि संयुक्त अधिराज्यका राजदूत समेतको उपस्थिति रहेको उक्त कार्यक्रममा Major General Gerald M. Strickland ले Brigade of Gurkha को सन् २०२५ को वार्षिक प्रतिवेदन पेश गर्नुभयो। सो अवसरमा दुई देशबीच रहिआएको सम्बन्ध, आपसी हित र चासोका विषयमा समेत कुराकानी भयो।
२०८२ साल माघ २६ गते सोमबार।
ने.सं. ११४६ सिल्लागा, अष्टमी।
(रितेशकुमार शाक्य)
प्रवक्ता


