फिनल्याण्डका राजदूतबाट शिष्टाचार विदाई भेट

विज्ञप्‍ति

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष नेपालका लागि फिनल्याण्डका राजदूत H.E. Ms. Riina-Riikka Heikka ले राष्ट्रपति भवनमा शिष्टाचार विदाई भेट गर्नुभयो। सो अवसरमा नेपाल र फिनल्याण्डबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भयो।

साथै, सम्माननीय राष्ट्रपतिज्यूले राजदूत H.E. Ms. Riina-Riikka Heikka लाई आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गर्नुभएकोमा धन्यवाद समेत व्यक्त गर्नुभयो।

२०८२ साल जेठ ३० गते शुक्रबार।

ने.सं. ११४५ तछलागा द्वितीया।

(शैलजा रेग्मी भट्टराई)

प्रवक्ता