विज्ञप्ति
सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा २४५ को उपधारा (२) बमोजिम संवैधानिक परिषद्को सिफारिसमा निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त पदमा श्री मान बहादुर कार्की, मोरङ; निर्वाचन आयुक्त पदमा श्री गुरु प्रसाद वाग्ले, ओखलढुङ्गा र डा. राजीब सुब्बा, काठमाडौंलाई नियुक्ति गर्नुभएको छ ।
२०८३ साल साउन १४ गते बिहीबार।
ने.सं. ११४६ दिल्लागा: प्रतिपदा।
(रितेशकुमार शाक्य)
प्रवक्ता


