विज्ञप्ति
सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यू स्पेनको औपचारिक भ्रमण एवम् 4th International Conference on Financing for Development विषयक कार्यक्रममा सहभागी हुन सम्वत् २०८२ साल असार १४ गते शनिबार स्पेनतर्फ प्रस्थान गर्नु हुने भएकोले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधान बमोजिम प्रधानमन्त्रीको सिफारिसमा माननीय उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री श्री प्रकाशमान सिंहज्यूले सम्हाल्ने गरी तोक्नु भएको छ।
२०८२ साल असार १४ गते शनिबार।
ने.सं. ११४५ दिल्लाथ्व तृतीया।
(शैलजा रेग्मी भट्टराई)
प्रवक्ता