प्रधानमन्त्रीको कार्यभार

विज्ञप्‍ति

सम्माननीय राष्‍ट्रपति श्री रामचन्द्र पौडेलज्यूले सम्माननीय प्रधानमन्त्री श्री वालेन्द्र शाहज्यू संयुक्त राष्‍ट्रसंघको ८१औँ महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सहभागी हुन सम्वत् २०८३ असोज ६ गते संयुक्त राज्य अमेरिकातर्फ प्रस्थान गर्नु हुने भएकोले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधान बमोजिम प्रधानमन्त्रीको सिफारिसमा माननीय अर्थ मन्त्री डा.स्वर्णिम वाग्लेज्यूले सम्हाल्ने गरी तोक्नु भएको छ।

२०८३ साल असोज ६ गते मङ्‌गलबार।

ने.सं. ११४६ ञलाथ्व: एकादशी।

(ईश्वरीप्रसाद पाण्डे)

सहायक प्रवक्ता