प्रदेश प्रमुखमा नियुक्त तथा शपथ

विज्ञप्‍ति

सम्माननीय राष्‍ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२/०७/२४ गतेको निर्णय एवम् सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम श्री सुरेन्द्र लाभ कर्ण, धनुषालाई मिति २०८२/०७/२५ गतेदेखि मधेश प्रदेशको प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको छ।

आजै, सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूसमक्ष नेपालको संविधानको धारा १६७ बमोजिम नवनियुक्त माननीय प्रदेश प्रमुखज्यूले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभयो।

२०८२ साल कात्तिक २५ गते मङ्‌गलबार।

ने.सं. ११४६ कछलागा, षष्‍ठी।

(प्रदीप कुमार कोइराला)

प्रवक्ता