विज्ञप्ति
सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपाल सरकार, मन्त्रिपरिषद्को सम्वत् २०८१/४/१४ गतेको बैठकको निर्णय एवम् सिफारिसमा नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम देहायका प्रदेशका प्रदेश प्रमुखहरूलाई पदमुक्त गर्नुभएको छ ।
तपसिल
क्र.सं. | नाम थर | प्रदेश |
१ | श्री यादवचन्द्र शर्मा | बागमती प्रदेश |
२ | श्री अमिक शेरचन | लुम्बिनी प्रदेश |
३ | श्री तिलक परियार | कर्णाली प्रदेश |
२०८१ साल साउन १६ गते बुधबार।
ने.सं. ११४४ दिल्लागा, ११ बुधबार।
(शैलजा रेग्मी भट्टराई)
प्रवक्ता