विज्ञप्ति
सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले कर्णाली प्रदेशका प्रदेश प्रमुख माननीय यज्ञराज जोशी मिति २०८२/२/५ देखि २०८२/३/१३ गतेसम्म संयुक्त राज्य अमेरिकामा निजी भ्रमणमा जानु हुने भएको हुँदा उहाँको अनुपस्थितिमा प्रदेश प्रमुखको कार्यभार नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिस बमोजिम सुदुरपश्चिम प्रदेशका प्रमुख माननीय नजिर मियाँलाई तोक्नु भएको छ ।
२०८२ साल जेठ ५ गते सोमबार।
ने.सं. ११४५ बछलागा षष्ठी।
(शैलजा रेग्मी भट्टराई)
प्रवक्ता