विज्ञप्ति
सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ९ बमोजिम नवनिर्वाचित सम्माननीय सभामुख श्री डोल प्रसाद अर्यालज्यूले राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा प्रतिनिधि सभाको सभामुख पदको पद तथा गोपनीयताको शपथ लिनु भयो ।
२०८२ साल चैत २२ गते आइतबार ।
ने.सं. ११४६ चौलागा तृतीया ।
(रितेशकुमार शाक्य)
प्रवक्ता


