विज्ञप्ति
सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले प्रतिनिधि सभाका सम्माननीय सभामुखज्यूको सिफारिसमा नेपालको संविधानको धारा १०६ को उपधारा (१) बमोजिम कोशी प्रदेश, शिवसताक्षी नगरपालिका वडा नं. 2, झापा जिल्ला निवासी श्री हर्कराज राईलाई संघीय संसद, प्रतिनिधि सभाको सचिव पदमा नियुक्त गर्नुभएको छ।
२०८१ साल पुस १६ गते मङ्गलबार।
ने.सं. ११४५ प्वहेलाथ्व पारु।
(शैलजा रेग्मी भट्टराई)
प्रवक्ता