प्रतिनिधि सभाका सचिवको राजिनामा स्वीकृत

विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष संघीय संसदको प्रतिनिधि सभा सचिव श्री सुरेश अधिकारीले संघीय संसदका महासचिव, प्रतिनिधि सभाका सचिव तथा राष्ट्रिय सभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी ऐन, २०७५ को दफा ६ को खण्ड (क) बमोजिम प्रतिनिधि सभाको सचिव पदबाट मिति २०८१ मङ्‌सिर ९ गते दिनुभएको राजिनामा मिति २०८१/८/१० देखि लागु हुनेगरी सम्माननीय राष्ट्रपतिज्यूले स्वीकृत गर्नुभएको छ।

 

२०८१ साल मङ्‌सिर ९ गते आइतबार।

ने.सं. ११४५ कछलागा नवमी।

(शैलजा रेग्मी भट्टराई)

प्रवक्ता