विज्ञप्ति
सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष प्रतिनिधि सभाका ज्येष्ठ सदस्य माननीय श्री अर्जुन नरसिंह के.सी.ले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ को उपदफा (१) को प्रतिवन्धात्मक वाक्यांशमा उल्लेखित व्यवस्था बमोजिम पद तथा गोपनीयताको शपथ लिनुभएको छ।
२०८२ साल चैत ११ गते बुधबार।
ने.सं. ११४६ चिल्लाथ्व सप्तमी।
(रितेश कुमार शाक्य)
प्रवक्ता


