प्रतिनिधिसभाको सचिवको पदबाट हटाइएको

विज्ञप्‍ति

सम्माननीय राष्‍ट्रपति श्री रामचन्द्र पौडेलज्यूले सम्माननीय सभामुख श्री डोल प्रसाद अर्यालको मिति २०८३/०१/२८ गतेको सिफारिसमा सङ्घीय संसद्का महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्‍ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी ऐन, २०७५ को दफा ६ को खण्ड (ङ) बमोजिम श्री हर्कराज राईलाई मिति २०८३/०१/२९ गतेदेखि प्रतिनिधिसभाको सचिवको पदबाट हटाउनु भएको छ।

२०८३ साल वैशाख २९ गते मङ्‌गलबार।

ने.सं. ११४६ वछलागा: दशमी।

(रितेशकुमार शाक्य)

प्रवक्ता