न्यूजिल्याण्डका उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्रीबाट शिष्टाचार भेट

विज्ञप्‍ति

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूसमक्ष न्यूजिल्याण्डका उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री Rt. Hon. Winston Peters ले राष्ट्रपति भवन, शीतल निवासमा शिष्टाचार भेट गर्नुभयो। सो अवसरमा नेपाल र न्यूजिल्याण्डबीच रहीआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भयो।

उक्त भेटमा सम्माननीय राष्ट्रपतिज्यूले नेपाल र न्यूजिल्याण्डबीचको ऐतिहासिक मैत्रीपूर्ण सम्बन्ध र द्विपक्षीय सहयोगलाई अझ बलियो बनाउने अपेक्षा व्यक्त गर्नुहुँदै हिमालयन ट्रस्ट, शैक्षिक आदानप्रदान र अन्तर्राष्ट्रिय मञ्‍चमा सहकार्यको माध्यमले दुई देशबीचको जनस्तरीय सम्बन्ध प्रगाढ हुने कुरामा विश्‍वास व्यक्त गर्नुभयो।

२०८२ साल जेठ १४ गते बुधबार।

ने.सं. ११४५ तछलाथ्य पारु।

(ईश्वरीप्रसाद पाण्डे)

सहायक प्रवक्ता